काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता धर्मराउँदा कसैको पनि हित नहुने बताएका छन् । बडा दसैं २०७६ को अवसरमा शनिबार एक सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्,“ हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नति बाहेक अरु केही हुनु हुँदैन । भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्छ । तर राष्टियता धर्मराएको, शान्ति र अमनचयन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्किदै गएको अवस्थाले कसैको हित हुँदैन । ”
उनले अगाडि भनेका छन्,“त्यसक्रोारण प्रतिकार, प्रतिवाद,दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम् समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्छ । नेपाल हाम्रो हो । हामी नेपाली हौं ।नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।”
नले सन्देशमा थपेका छन्, “राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्बहितकारी हुनुपर्दछ । अनि त्यो सर्वग्राह्य पनि बन्नुपर्छ । पुर्खाको गाथा,पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो हुँदैन । एकले अर्कामाथि दोष थोपर्ने, जिम्बेवारी पन्छाउने र आफ्नो कमी कमजोरीलाई ढाकछोप गरी निषेध र विभेदको प्रकृया अपनाउने प्रबृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।”
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग