October 5, 2019

राष्ट्रियता धर्मराएकाे भन्दै पूर्वराजाकाे चिन्ता, दशैंमा दिए शुभकामना

दसैंको सन्देशमा पूर्वराजाको कटाक्ष - ‘राष्ट्रियता धर्मराउँदा कसैको हित हुँदैन’काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले  राष्ट्रियता धर्मराउँदा कसैको पनि हित नहुने बताएका छन् । बडा दसैं २०७६ को अवसरमा शनिबार एक सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्,“ हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नति बाहेक अरु केही हुनु हुँदैन । भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नुपर्छ । तर राष्टियता धर्मराएको, शान्ति र अमनचयन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्किदै गएको अवस्थाले कसैको हित हुँदैन । ”

उनले अगाडि भनेका छन्,“त्यसक्रोारण प्रतिकार, प्रतिवाद,दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम् समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्छ । नेपाल हाम्रो हो । हामी नेपाली हौं ।नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।”

नले सन्देशमा थपेका छन्, “राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्बहितकारी हुनुपर्दछ । अनि त्यो सर्वग्राह्य पनि बन्नुपर्छ । पुर्खाको गाथा,पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो हुँदैन । एकले अर्कामाथि दोष थोपर्ने, जिम्बेवारी पन्छाउने र आफ्नो कमी कमजोरीलाई ढाकछोप गरी निषेध र विभेदको प्रकृया अपनाउने प्रबृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र