काठमाडौं । नेपालसहित पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ओमानमा आजबाट सुुरु भएको छ । ओमानले आयोजना गरेको सिरिजमा आयोजक ओमानसँगै नेपाल, टेष्ट मान्यताप्राप्त राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते (भोलि) खेल्नेछ । नेपाली समयअनुसार हङकङविरुद्धको खेल बिहान ४ः१५ बजे सुरु हुनेछ ।
यस्तै आइतबार राति नै दोस्रो खेल नेदरल्याण्डसँग हुनेछ । तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।
युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको तयारीस्वरुप ओमानले पाँच राष्ट्रबीचको सिरिज आयोजना गरेको हो । सिरिजको पहिलो दिन आज घरेलु टोली ओमान र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र