
असोज १७ , काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड प्रतियोगिताको ड्राफ्टमा पर्न सफल भएका छन्।
उक्त प्रतियोगिता आगामी वर्ष हुनेछ। जसका लागि ११ देशका १६५ विदेशी खेलाडीहरुलाई ड्राफ्टमा पर्न सफल भएका हुन्। जसमा सन्दिप लामिछाने छन्।
‘द हन्डे्रड’ १०० बलको फ्रेन्चाइज प्रतियोगिता हो। ड्राफ्टमा खेलाडी राखिएसँगै अब खेलाडी छनौट भने अक्टोबर २० मा हुनेछ।
खेलाडीहरुलाई तलबको आधारमा ७ वटा क्याटागोरीमा राखिएको छ। सन्दिप रहेको क्याटागोरीमा रासिद खान, ग्लेन म्याक्सवेल, केइरन पोलार्ड, हरवजन सिंह, आन्द्रे रसेल, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी र ड्वाइन ब्राभो पनि रहेका छन्। उनीहरु सबैको मूल्य १ लाख पाउन्ड राखिएको छ। जुन नेपालीमा १ करोड ३९ लाख ७८ हजार रुपैयाँ हुन आउँछ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन