आगामी मंसिर १४ को उपनिर्वाचनमा नेकपाकै जित सुशिश्चित :महेश बस्नेत

chiyapan१४ असोज , भक्तपुर । प्रतिनिधिसभा सांसद महेश बस्नेतले मंसिर १४ गते हुने निर्वाचनमा अरु दलले जिते विकासमा बाधा पुग्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाँगुनारायणमाआयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले संघ, प्रदेश र स्थानीय तहमा नेकपा सरकार भएको अवस्थामा प्रमुख प्रतिपक्ष दल र साना दलले जिते यो क्षेत्रमा बजेट ल्याउन नसक्ने बताउनुभयो । नेपाली कांग्रेस र नेमकिपाको भूमिका अहिले बिरोध मात्र गर्ने प्रतिपक्षका रुपमा रहेकाले उनीहरुले जिते विकास होइन बिरोध मात्र गरेर बस्ने बताउनुभयो ।

संघ र प्रदेशको बजेट चाँगुनारायण प्रदेशमा राखेर विकासलाई तिव्रता दिन पनि नेकपाले मंसिर १४ को उपनिर्वाचनमा जित्ने दावी गर्नुभयो । इमान्दार, अनुशासित, कर्तव्यनिष्ट र लगनशिल नेता हरिशरण लामिछानेले देखेको सपना पुरा गर्न पनि नेकपाकै उम्मेदवारले जित हासिल गर्ने तर्क उहाँको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काकेन्द्रिय सदस्य र पूर्व मन्त्री समेत रहनुभएका बस्नेतले २६ बर्ष भक्तपुर क्षेत्र नं. १ को नेतृत्व गरेको नेमकिपा र १५ बर्ष २ नं. क्षेत्रको नेतृत्व गरेको कांग्रेसले गरेको विकास र २ बर्ष नेतृत्व गरेको नेकपाले गरेका विकासका कार्यलाई तुलना गर्न समेत आम नागरिकलाई आग्रह गर्नुभयो । नेमकिपा र नेपाली कांग्रेसले गर्न नसकेको विकास नेकपाले २ बर्षमा गरेर देखाईदिएको दावी गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य, भक्तपुरका सह—इन्चार्ज र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले चाँगुनारायण क्षेत्रले परिवर्तनको रुपरेखा कोरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा तित्र्रत्तर विकासका कामहरु भइरहेको बताउनुभयो । अहिले चाँगुनारायणका हरेक वडामा १० देखी १५ करोडसम्मका योजनाका कामहरु भइरहेको उहाँको दावी छ ।
८ नं. वडा कमिटीका अध्यक्ष नारायणी फुयाल दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा जिल्ला कमिटी सचिव डिपी ढकाल, चानपा ८ नं. वडा अध्यक्ष परासर सापकोटालगायतले नेकपाको नीति नै निर्वाचनमा प्रतिष्पर्धा, विकासमा साझेदारी भएकाले समृद्ध नेपाल सुखी नेपाली बनाउने कार्यभार नेकपाको काँधमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण