September 29, 2019

मौसमः मध्य र पूर्वी तराईका केही स्थानमा भारी वर्षा हुने, पहिरोको जोखिम

mahottari_QvJFNMxZCK

असोज १२, काठमाडौँ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा अरब सागर र बंगालको खाडीबाट आईरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि सक्रिय भएसँगै वर्षा भइरहेको हो ।  

मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तरतर्फ सरेको छ । भारतको गुजरात र अरब सागर आसपासमा एउटा न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशमा अर्को न्यून चापीय प्रणाली रहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा मध्य तथा पूर्वी तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

वर्षातका कारण सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने तथा पहाडी भू–भागमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।  

तीन दिनको मौसम विवरण

आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुने जनाएको छ । पूर्व र मध्यका केही स्थानमा मेघ गर्जनसहित चट्याङसमेत पर्न सक्नेछ । त्यस्तै मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै पूर्व र मध्यका एकदुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत पर्ने तथा पूर्व र मध्यकै एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सोमबार दिउँसो पूर्व र मध्य भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा पूर्व र मध्यका एकदुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशका पूर्व र मध्य भेगमा सामान्य र बाँक भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पूर्व र मध्य क्षेत्रकै एकदुई स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले