असोज ५, काठमाडौँ । दशैंमा घर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै आज (आज)देखि टिकट बुकिङ खुल्ला गरिएको छ । काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुहरुका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
दशैं तिहारजस्ता चाडपर्वमा काठमाडौँबाट देशका विभिन्न जिल्ला जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको विभाग महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागका अनुसार यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला गरिने भएको छ ।
सीमित रुट इजाजत पाएका सवारी साधन पनि देशभर चल्न पाउने विभागले जनाएको छ । विभागका महानिर्देशक हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गर्नका लागि गृहकार्य भइरहेको पनि बताए । रुट खुल्ला भएपछि दशैंमा घर जाने यात्रुहरुलाई सवारी साधनको कमी नहुने विभागको विश्वास छ ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले