September 21, 2019

सीपीएलः सेन्ट लुसियालाई ७१ रन अन्तरले हराउँदै सन्दीपको टीम बार्बेडोस विजयी, सन्दीपले लिए १ विकेट

images

असोज ४, एजेन्सी ।  करेबीयन प्रिमियर लिग अन्तर्गत सन्दीप लामिछानेको टिम बार्बेडोस ट्राइडेन्टले सेन्ट लुसिया जुक्सलाई ७१ रनको अन्तरले पराजित गरेको छ।

ट्राइडेन्टले घरेलु मैदानमा जुक्सलाई ७१ रनको ठूलो अन्तरले हराउँदै दोस्रो जित दर्ता गरेको हो । बार्बेडोसले पहिले ब्याटिंग गर्दै दिएको १७३ रनको लक्ष्य पछ्याउदा सेन्ट लुसियाले १४.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्रै बनाउन सफल भएको थियो । यस खेलमा बार्बेडोसलाई जिताउनका लागि नेपालका खेलाडी सन्दीप लामिछानेले समेत योगदान दिएका छन् । उनले यो खेलमा १ विकेट लिन सफल भएका थिए ।  

त्यसैगरी जोशुआ बिशप र जेसन होल्डरले २/२ विकेट लिन भ्याए भने  रेमन  रिफर र जोश ललोरले समान १ विकेट लिए।  सेन्ट लुसियाको लागि हार्दुस भिलजोनले सर्वाधिक ३१, कोलिन डी ग्रयाण्डहोमले २८ तथा आन्द्रे फ्लेचरले १४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बार्बेडोस ट्राइडेन्टले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो। उसको लागि ओपनर जस्टिन ग्रेभ्सले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर जोन्सन चार्ल्सले २८ रन बनाए। पहिलो विकेटको लागि चार्ल्स र ग्रेभ्सको बीच ८१ रनको साझेदारी भएको थियो।

मध्यक्रममा जोनाथन कार्टरले ३०, जेपी डुमिनिले १८, यसले नर्सले १५ रन बनाए। जेसन होल्डरले अविजित १० रन बनाए। सेन्ट लुसियाको लागि केसरिक विलियम्सले ३ विकेट लिए पनि ४ ओभरमा सबैभन्दा महान्सो सावित हुने क्रममा ४४ रन खर्चिए। ओबेड म्याककोयले २ विकेट लिए।

बार्बेडोसले जितसँगै अंकतालिकामा ४ अंकसहित चौथो स्थान हासिल गरेको छ। हारपछि सेट लुसिया ५ खेलमा १ जित र ४ हारको साथ २ अंकसहित पाँचौ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’