असोज २, काठमाडौँ । बिहिबार बसेको प्रतिनिधी सभाको बैठकबाट “राहदानी विधेयक, २०७५ को संशोधन सर्वसम्मतले स्वीकृत भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार बसेको संसद बैठकमा “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव पेश गरेका थिए ।काँग्रेस सांसद पुष्पा भुषालले विधेयकमाथिको बैठकमा सहभागी जनाउँदै राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताएकी थिईन् ।
सोही बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा उठेका प्रश्नको जवाफ फर्काएका थिए । उनले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसै अनुसारको व्यवस्था विधेयकमा गरिएको बताउनुको साथै कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए ।
सभामुख महराले परराष्ट्रमन्त्री ज्ञवालीको जवाफ सुनेपछी विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य