
असोज १, भक्तपुर । खोला वारपार गर्न जनतालाई धेरै कष्टता भएको कारण मानवीय महेश बस्नेतको पहलमा गत साल भब्यतापुर्बक उद्गघानट गरिएको यो सुर्यबिनायक २, बालकोट, दुर्गामार्गमा निर्माण गरिएको पुल जोखिममा परेको छ। गतसाल जुन ठाउँबाट खोलो बगेको थियो यो साल उक्त खोलाको बाटोको धार खोलाले परिवर्तन गरेको छ किनकि हिउँदमा त्यो खोला सुकेको अबस्थामा केहि ब्यक्तिले ब्यक्तिगत स्वार्थमा निहित रहेर खोलाका बीचमा बाँस गाडी बाध बाधेर फ़ोहोर प्लाष्टिक र माटाे १०-१५ ट्रक खन्याएको कारण यो अवस्था भएको हो ।
यसरी खोलाको धार नै परिवर्तन गर्ने र पारिपटी रहेको सरकारी जग्गा तर्फ खोला फरकाउन केही ब्यक्ति लागि परेको कारण संबंधित निकायले पहल लिएर आबस्यक निर्णय गर्नको लागि सि. डि.ओ. लाई जानकारी गराउदा पनि ब्यवास्ता गरेको स्थानीयवासीले बताए ।
यसरी एउटा सभ्य समाजको बीचमा प्रकृतिको दोहोन गर्दै सरकारी जग्गा मास्ने दुस्साहस गर्ने माथी किन प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण हुदैन ? त्यो पनि यो रास्ट्रको प्रधानमन्त्रीको वार्डमा ? भन्दै स्थानीयले निराशाभव प्रकट गर्दै आएको पाइएको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य