September 15, 2019

भारतसँग युद्ध सम्भव छ : पाकिस्तानी प्रधानमन्त्री खान

भाद्र २९, पाकिस्तान :  पाकिस्तानको प्रधानमन्त्री बनेपछि इमरान खानले कयौं चुनौतिको सामना गर्नुपरेको छ । आर्थिक क्षेत्र असफल हुनबाट पाकिस्तान बल्लबल्ल जोगिएको छ । अझै पनि आर्थिक संकटको बादल पूरै हटेको छैन ।

Image result for इमरान खान

अर्कोतर्फ भारतसँग हालैका दिनमा कश्मीरको विषयमा तनाव चरम स्थितीमा छ भने देशभित्रै पनि कराँचीमाथि राजनीति तातेको छ । भारतले जम्मू–कश्मीरको विशेष अधिकार खारेज गरेको विषयमा पाकिस्तानले यो मुद्दालाई विश्वको हरेक मञ्चमा उठाएको छ तर यसमा उनीहरुले सोचेजस्तो सफलता पाएका छैनन् ।  

इमरान खानलाई पाकिस्तानमा उनका विरोधीले ‘यु–टर्न’ प्रधानमन्त्री भन्ने गर्छन् । इमरान खानले नयाँ पाकिस्तान बनाउने बाचा गरेका थिए तर अझै पनि कुनै परिवर्तन देखिएको छैन ।

इमरान खानले अलजजिरालाई दिएको अन्तरवार्तामा भारतसँग कश्मीरमाथि युद्ध सम्भव भएको बताएका छन् । के दुई परमाणु शक्ति सम्पन्न देशबीच कुनै ठूलो संघर्ष वा युद्धको खतरा छ ? यस प्रश्नको जवाफमा उनले दुई देशबीच युद्धको खतरा रहेको बताए । पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘भारतसँग युद्ध सम्भव छ ।’

पाकिस्तानको आफ्नो छिमेकी देश चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा नजिक छ भने भारतसँग त्यसको बिल्कुल तल्लोस्तरको छ ।  इमरान खानले कश्मीरका विषयमा उक्त अन्तरवार्तामा भने, ‘कश्मीरका ८० लाख मुस्लिम पछिल्लो ६ सातादेखि कैद भएका छन् । भारतले पाकिस्तानमाथि आतंकवाद फैलाएको आरोप लगाएर संसारको ध्यान यस मुद्दामा भट्काउन चाहेको छ । पाकिस्तानले कहिल्यै युद्धको सुरुवात गर्दैन । यस विषयमा म प्रष्ट छु ।  म शान्तिप्रिय मान्छे हुँ । युद्ध विरोधी हुँ । युद्ध समस्याको समाधान होइन भन्ने मेरो मान्यता छ ।’

‘भारत हामीलाई कंगाल बनाउन चाहन्छ’

इमरान खानले भने, ‘दुई परमाणु शक्ति सम्पन्न देश युद्धमा गयो भने यसको परिणामको कल्पना गर्न सकिँदैन । त्यसैले हामीले संयुक्त राष्ट्रसंघसँग सम्पर्क गरेका छौं । हामीले विश्वका हरेक मञ्चमा यो मुद्दा उठाइरहेका छौं । हामीले यसको राजनीतिक समाधान चाहेका छौं । यदि मुद्दा युद्धसम्म पुग्यो भने यो भारतीय उपमहाद्वीपमा मात्र सीमित रहने छैन । यो धेरै अगाडि जान्छ र संसारलाई प्रभावित गर्छ ।’

इमरान खाले भने, ‘हामीले भारतसँग वार्ताको प्रयास गर्‍यौं तर भारतले हामीलाई फाइनान्सियल एक्सन टास्क फोर्सको कालोसूचीमा हाल्ने प्रयास गर्‍यो । यदी पाकिस्तान कालोसूचीमा पर्‍यो भने हामीमाथि कयौं प्रतिबन्ध लाग्नेछ । भारतले हामीलाई कंगाल घोषणा गराउन चाहन्छ ।’

उनले भने, ‘भारत सरकाले आफ्नै संविधानको धारा ३७० खारेज गरेको छ । यसपछि उससँग वार्ता गर्नुको कुनै अर्थ छैन । उसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उक्त प्रस्ताव विरुद्ध गएर गैरकानूनी तवरले कश्मीरलाई मिलाएको छ । जहाँ जनमतसंग्रहको सुनिश्चिता दिइएको थियो । यस तवरले उसले अन्तर्राष्ट्रिय कानूनमात्र होइन संविधान पनि उल्लंघन गरेको छ ।’

त्यस्तै भारतले स्पष्ट गरिसकेको छ की जम्मु–कश्मीर उसको आन्तरिक मामिला हो र यसमा कुनै पनि हस्तक्षेप स्वीकार्दैन ।

जब इमरान खानलाई उनको एक वर्षे कार्यकालको उपलब्धीको विषयमा सोधियो तब उनको उत्तर थियो, ‘हामी पहिले नै एक नयाँ पाकिस्तानमा छौं…यस सरकाले यस्तो कार्य गरिरहेको छ जुन पहिलेको कुनै पनि सरकारले गरेको थिएन ।  तर भनाइ छ, ‘रोम एक दिनमा बनेको होइन ।’ तपाई यती ठूलो परिवर्तनको र सुधारको सुरुवात गरिरहनुभएको छ भने समय त लाग्छ नै । कुनै पनि सरकारको कामकाजको समीक्षा पाँच वर्षपछि हुन्छ । पहिलो वर्ष सबैभन्दा कठिन समय थियो तर अबदेखि जनतालाई फरक महशुस हुनेछ । यतिबेला देशले सही दिशा लिएको छ ।’

 

‘मूर्ख मानिस यु टर्न हुँदैन’

इमरान खानले अलजजिरासँग भने, ‘जब मलाई यु–टर्नवाला प्रधानमन्त्री भन्छन्, मलाई खुशी लाग्छ । किनकी मूर्ख मानिसहरुले मात्रे यु–टर्न लिँदैनन् । बाटोमा आएका पर्खालमा शिर ठोकाइ रहन्छ । एक बुद्धिमान व्यक्तिले आफ्नो रणनीतिको तुरुन्त सुधार गर्छ ।’

तर उनको यु–टर्नले देशमा सकारात्मक प्रभाव पार्‍यो ?

इमरान खानसँग सोधिएको थियो परमाणु हतियार सम्पन्न दुई छिमेकी देशबीच कस्तो ठूलो  खतराको सम्भावना छ, उनले भनेका छन्, ‘निश्चित रुपमा भारतसँग युद्धको सम्भावना छ ।’

इमरान खानले भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरको अधिकार खारेज गरेपछि उसँग वार्ताको प्रश्नै नहुने बताए । यदी भारत काश्मीरका विषयमा वार्ता गर्दैन भने पाकिस्ताने के गर्छ ?

जवाफमा इमरान खानले भने, ‘दोस्रो विश्व युद्धपछि संयुक्त राष्ट्रसंघ बन्यो र हामीले यही कश्मीरको मुद्दा उठायौं र अपेक्षा गरौं कुनै न कुनै समाधानको उपाय निस्कने छ । हामी विश्वका सबै शक्तिशाली मुलुकसँग सम्पर्क गरिरहेका छौं । यदि कश्मीरको मुद्दा सुल्झिएन भने यसको असर सम्पूर्ण विश्वमा पर्नेछ । जुन देशले भारतलाई ठूलो बजार देखिरहेको छ र उसले व्यापारका हिसावले सोचिरहेको छ, उनीहरुलाई यो कुरा थाहा छैन कि यदि उनहरुले हस्तक्षेप गरेनन् भने त्यसको असर भारतीय उपमहाद्वीपमा मात्रै नभई यसले संसारभरी प्रभावित पार्नेछ । ’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष