
काठमाडौं । भदौ २७ गते सर्वाेच्च अदालतको गेटबाट कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई प्रहरीले पुन पक्राउ गरेको छ । सर्वाेच्चकाे आदेशमा रिहा भएका विप्लब समूहका नेताद्वयलाई कानूनकाे उपहास हुनेगरी सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन् ।

परिवारका अनुसार, नेताद्वयलाई भदौ २६ गते राति नै उपत्यका बाहिर लगिएकाे खबर छ । तर, कहाँ लगिएकाे हाे, प्रहरीले उनीहरुका परिवारलाई समेत थाहा दिएकाे छैन । पीडित परिवारले ‘नागरिक अधिकार हनन् गरि बेपत्ता पार्ने काम राज्यबाट भएकाे’ बताएका छन् ।

नेता कपिलदेव भट्ट र योगेन्द्र कुमाललाई यस अघि तनहुँ जिल्ला प्रशासन कार्यालयले धरौटी बुझाएर रिहा गर्ने आदेश गरे लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय भित्रैबाट पुन गिरफ्तार गरेको थियो ।
सरकार/ गृह प्रशासनलाई नेताद्वय कपिलदेव भट्ट र योगेन्द्र कुमालको स्थिति अबिलम्ब सार्वजनिक गर्न र रिहा गर्न पनि परिवारजनले माग गरेका छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग