September 11, 2019

ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

 

  २०७६ भदौ २५ 

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्।

उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन्।  बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्। उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए। सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन। ट्रम्पले ट्विट गरे लगत्तै बोल्टन ट्विटरमै पछिल्लो घटनाबारे मत राखेका थिए। उनले आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ’ भनेको बताएका छन्। घटना सार्वजनिक भए लगत्तै बोल्टनले प्रत्यक्ष प्रसारणका क्रममा रहेका फक्स न्यूजका एकजना प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको बताएका थिए। उनले वासिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पनि एसएमएस पठाएका थिए। त्यसमा बोल्टनले उचित समयमा आफ्नो भनाई राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको बताएका थिए।

ह्वाइटहाउसले बीबीसीलाई बताए अनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए। सुत्रहरुका अनुसार राष्ट्रपतिलाई सल्लाह दिने राष्ट्रिय सुरक्षा परिषद, ह्वाइटहाउस भित्र छुट्टै संस्था बनेको थियो। बोल्टन बैठकहरूमा सहभागी नहुने र आफूले गरेका पहललाई मात्र पच्छ्याउने गरेका थिए।

बोल्टनको आफ्नै कुरा मात्र लागु हुनुपर्छ भन्ने किसिमको अडानले ट्रम्पसहित राष्ट्रपति कार्यालयका धेरैलाई क्रुद्ध बनाएको थियो। विदेश नीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए। ट्रम्पले तेहरानका नेताहरूसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले विरोध जनाएका थिए।अमेरिकाका पूर्व राष्ट्रिय सल्लाहकारले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने पहल गर्दै आएका थिए।बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण सम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन्। उनले तालिबानसँग अमेरिकाले गरेको शान्तिवार्ताको समेत विरोध गरेका थिए जुन हालसालै मात्र ट्रम्पले रद्द गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा