चालु आर्थिक वर्षको एक महिनामा नै डेंगु देशका ५६ जिल्लामा देखिएको छ भने झण्डै ४ हजार जना संक्रमित भइसकेका छन्। ५६ वटा जिल्लामा डेंगुको संक्रमण फैलिसक्दा पनि मन्त्रालय यसको नियन्त्रणमा लाग्न सकेको छैन। डेंगु नियन्त्रण बाहिर जानुमा संघीय संरचना अनुसार तीन तहको सरकारमा तालमेल मल्नि नसक्नु भन्दै स्वास्थ्य मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ। मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रणकालागि ठोस कदम चाल्नु पर्ने हो। तर, महाशाखा नै संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहसँगको तालमेल मिल्न नसकेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ।
डेंगुका कारण सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक एक जनाको मृत्यु भइसकेको छ भने काठमाडौंमा २ जनाको मृत्यु भएको छ।डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।
यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्।डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।
कुन जिल्लामा कति बिरामी
डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ।
यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ। वर्षात्को समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ।
डेंगु ज्वरोका लक्षण
– ज्वरो आउने
– बेस्सरी टाउको दुख्ने
– आँखाको गेडी दुख्ने
– शरीरमा डाबरहरु आउने
– अरुचि हुने
– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने
– पेट तथा आन्द्रामा गडबडी हुने
केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ।
बच्ने उपाय
– यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो।
– पुरा शरीर ढाकिने गरी कपडा लगाउने
– लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने
– राती र दिउँसो पनि झुलभित्र सुत्ने
– घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउने
– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
लामखुट्टेले फुल पार्ने ठाँउमा फुल पार्न नदिन गर्नुपर्ने उपाय
– पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याङ्की, ग्रागी, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने
– लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने
– घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा गर्ने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास