September 4, 2019

बामदेव  प्रधानमन्त्री भेट्न  सिंगापुर जाँदै

Image result for kp with bamdev

भाद्र १८, काठमाडौँ । बुधबार दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि  प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न  सिंगापुर जाने भएका छन् ।

हाल सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न र महत्वपूर्ण  छलफलका लागि  उपाध्यक्ष गौतम सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न मंगलबार नै उपाध्यक्ष गौतम  पार्टीका महासचिव विष्णु पौडेलसँगै जाने भनिएता पनी पौडेल एक्लै सिंगापुर गएका थिए । पछी प्रधानमन्त्रीले उपाध्यक्ष गौतमलाई फोन गरी बालाएपछी उनी आज दिउँसो १ बजेको फ्लाईटमा सिंगापुर जान लगेका हुन् ।

निजी सचिवालयको जानकारी अनुसार उपाध्यक्ष गौतम सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्नेछन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएपछी बामदेम पनी सिंगापुर प्रस्थान हुन लागेको सचिवालयले जनाएको छ ।

भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओलीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार गरिएको थियो भने आज अन्तिम चरणको उपचार प्रक्रिया हुनेछ ।

प्रधानमन्त्री ओली आगामी शुक्रबार सम्म स्वदेश फर्कने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका