सोमबार, भाद्र १६
विराटनगर / आफै चढेको बसको ठक्करबाट मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लामा एक वृद्धाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार तोरीबारीबाट मधुमल्लातर्फ आउँदै गरेको ना २ ख ५२२७ नम्बरको बसले ठक्कर दिँदा इलामको चुलाचुली–६ की ८० वर्षीय नन्दकुमारी राईको मृत्यु भएको हो ।
वृद्धा तोरीबारीबाट बस चढेर मधुमल्ला आएकी थिइन् । मधुमल्ला आइपुगेपछि बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा त्यही बसको ठक्करबाट सोमबार बिहान ७ः४५ बजे गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा ९ः३० बजे अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।
बस र चालक मिक्लाजुङ–९ का ४० वर्षीय कृष्ण तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा