September 1, 2019

 चिनियाँ नागरिकले यसरी रातारात एटिएम ह्याक गरेर करोड लुटे

Image may contain: 2 people

भाद्र १५, काठमाडौं । रातारात विभिन्न बैंकका एटिएम ह्याक गरी करोड बढि लुट्ने चिनियाँलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी कार्यालयले विभिन्न बैंकको एटिएम ह्याक गरी करोडभन्दा बढी रकम निकालेका पाँच चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनलाई पक्राउ गरेसँगै प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई समेत पक्राउ गरेको हो ।

महानगरीय प्रहरीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षी लु जियालिङ, २९ वर्षीय लिन जिनमिङ रहेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा उनीहरुको साथबाट बरामद भएको १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत सार्वजनिक गर्याे ।

प्रहरीका अनुसार उनीहरु भदौ १३ गते चीनबाट एटीममार्फत पैसा चोरी गर्ने उद्देश्यले आएकामा सोमबार फर्कने तयारीमा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्सान भएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले