
भाद्र १५, काठमाडौं । रातारात विभिन्न बैंकका एटिएम ह्याक गरी करोड बढि लुट्ने चिनियाँलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी कार्यालयले विभिन्न बैंकको एटिएम ह्याक गरी करोडभन्दा बढी रकम निकालेका पाँच चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।
उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनलाई पक्राउ गरेसँगै प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई समेत पक्राउ गरेको हो ।
महानगरीय प्रहरीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षी लु जियालिङ, २९ वर्षीय लिन जिनमिङ रहेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा उनीहरुको साथबाट बरामद भएको १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत सार्वजनिक गर्याे ।

प्रहरीका अनुसार उनीहरु भदौ १३ गते चीनबाट एटीममार्फत पैसा चोरी गर्ने उद्देश्यले आएकामा सोमबार फर्कने तयारीमा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्सान भएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको बताएका छन् ।

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य