भाद्र २, भारत : भारतको हैदराबादको मलकाजगिरी इलाकाको कृष्णानहर कोलोनीमा एक व्यक्तिले आफ्नो बुवाको हत्या गरेका छन् ।
रेल विभागबाट अवकाश पाइसकेको ८० वर्षका कृष्ण सुधिर मूर्तीको शुक्रबार उनकै आफ्ना छोराले निर्ममतापूर्वक हत्या गरेका थिए र शवलाई टुक्रा–टुक्रा पारेर प्लास्टिकको बाल्टीमा भरेका थिए । घरबाट दुर्गन्ध फैलिएपछि छिमेकीले पुलिसलाई जानकारी दिएपछि घटनाबारे पर्दाफास भएको हो ।
त्यसपछि जब आइतबार यसबारे खुलासा भयो तब मानिसहरुको होस् उड्यो । अचम्मको कुरा के छ भने यो निर्मम हत्यामा छोरालाई आमा र बहिनीले पनि साथ दिए ।
पुलिसले आरोपी मुरली, मृतककी श्रीमती गया छोरी प्रफ्फुललाई पक्राउ गरेको छ । जब पुलिसले सोधपुछ गरे तब सुधिर मूर्तीको हत्याको अपराध स्विकार गरे । उनीहरुका अनुसार सुधिर मूर्ती रक्सी पिएर उनीहरुलाई तनाव दिने गर्दथे । उनीहरुका अनुसार जब उनीहरुको धैर्यताको बाँध टुट्यो तब उनीहरुले तरकारी काट्ने चक्कुले सुरुमा उनको हत्या गरे र त्यसपछि शवलाई टुक्राटुक्रा पारे ।
एसीपी जी सन्दिपले घटनास्थलबारे जानकारी दिँदै भने, ‘शवको टुक्रा ६–७ वटा बाल्टीमा राखिएको थियो । घरमा दुई महिला थिए जो मृतककी श्रीमती र छोरी हन् । महिलाले उनको छोराले सुधिरको हत्या गरेको र त्यही चक्कलुले शवलाई टुक्रा–टुक्रा पारेको बताइन् ।’
त्यसपछि उनीहरुले शवको टुक्रालाई बाल्टीमा हालेर त्यहाँबाट भागे । एजेन्सी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष