
कुरो र प्रसङ्ग यस्तो छ : केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले आफूले १० वर्षे विद्रोहको नेतृत्व गरेपनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागी नभएको बताएका थिए ।आफ्ना अध्यक्ष प्रचण्डको उक्त भनाइमाथि टिप्पणी गर्दै नेकपाका केन्द्रीय समिति सदस्य सूर्य थापा फेसबुकमा लेख्छन् ‘आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।’
उनि यतिमा मात्र रोकिएनन्, प्रचण्डमाथि थप कडा टिप्पणी गर्दै भने, ‘हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ?’
आफ्ना अध्यक्षमाथि थापाको यस्तो टिप्पणी आएपछि अर्का केन्द्रीय सदस्य तथा नेकपाका युवासंगठनका लोकप्रिय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले यस्तो गाली फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेशा बनाउन सुझाव दिए ।
आइतवार फेसबुकमै एक स्ट्याटस लेख्दै दीपशिखाले केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण सह्य नहुने बताएका छन् । ‘अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ,’ दीपशिखाले भनेका छन्, ‘हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो ।’
दीपशिखाको टिप्पणीमा थप प्रतिक्रिया दिँदै थापाले दादागिरी स्वीकार्य नहुने भन्दै अर्को टिप्पणी सामाजिक सञ्जाल फेसबुकमै दिन भ्याएका छन् । ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हास्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !’
यस्ता बेलाबेलामा अप्रासंगिक जूहारी भइरहनुले जो सुकैको पनि संयोग वा भावी राजनीतिक वियोग के हुनेछ बलबान समयले बताउने छ भन्ने टिप्पणी गर्दछ्न नेकपाका नेताहरू ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट