August 12, 2019

प्रचण्डको भासणमा नेकपाकै दुई युवा नेताबीच छेडछाड

 

साउन २७, २०७६, काठमाडौँ –  एकता प्रक्रिया टुंग्याउन सबैै शीर्ष नेताहरू   मेहनतरत  अवस्थामा     युवा नेताहरू भने एक-आपसमा  किन जुहारी खेेेल्दै  छन्  त?
 युवाहरूलाई एकता मन नपरेकोले ? वा कतैबाट परिचालित भएर?

कुरो र प्रसङ्ग यस्तो छ : केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले आफूले १० वर्षे विद्रोहको नेतृत्व गरेपनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागी नभएको बताएका थिए ।आफ्ना अध्यक्ष प्रचण्डको उक्त भनाइमाथि टिप्पणी गर्दै   नेकपाका केन्द्रीय समिति सदस्य सूर्य थापा फेसबुकमा लेख्छन्  ‘आफ्नो यस ६५ वर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।’

उनि यतिमा मात्र रोकिएनन्, प्रचण्डमाथि थप कडा टिप्पणी गर्दै भने, ‘हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ?’

आफ्ना अध्यक्षमाथि थापाको यस्तो टिप्पणी आएपछि अर्का केन्द्रीय सदस्य तथा नेकपाका युवासंगठनका लोकप्रिय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले यस्तो गाली फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेशा बनाउन सुझाव दिए ।

आइतवार फेसबुकमै एक स्ट्याटस लेख्दै दीपशिखाले केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण सह्य नहुने बताएका छन् । ‘अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ,’ दीपशिखाले भनेका छन्, ‘हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो ।’ 

दीपशिखाको टिप्पणीमा थप प्रतिक्रिया दिँदै थापाले दादागिरी स्वीकार्य नहुने भन्दै अर्को टिप्पणी सामाजिक सञ्जाल फेसबुकमै दिन भ्याएका छन् । ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हास्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !’

यस्ता बेलाबेलामा अप्रासंगिक जूहारी भइरहनुले जो सुकैको पनि संयोग वा भावी राजनीतिक वियोग के हुनेछ बलबान समयले बताउने छ भन्ने टिप्पणी गर्दछ्न नेकपाका नेताहरू ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा