August 7, 2019

कर्मचारीले सामुहिक राजीनामा दिए स्वीकृत गर्ने कानुनी व्यवस्था

काठमाडौं, साउन २२ : निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानूनी व्यवस्था हुने भएको छ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीहरुले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्वीकृत गर्ने सहमति भएको हो।

अस्पतालका चिकित्सकहरुले समेत सामूहिक राजीनामा दिने धम्कीसहित आफ्ना सेवा ठप्प पार्ने काम गरिराखेका थिए। बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विगतका ती घटनालाई पनि ध्यानमा राखेर विधेयकमा समावेश गरिएको निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान पारित गरिएको हो।

विधेयकको दफा १२१ मा निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान राखिएको थियो। त्यसमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुबीच मत बाझिएको थियो।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सोही मन्त्रालयका सचिव यादव कोइरालाको पनि मत विभाजित भएको थियो। तर, मन्त्री पण्डितले विगतमा सरकारलाई घेराबन्दीमा पार्ने नियतका साथ त्यस्ता गतिविधि हुने भएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले सो प्रावधान ल्याउनु परेको स्पष्टीकरण दिए। चिकित्सकहरुले समेत सामूहिक राजीनामाको धम्की दिएर सरकारलाई अनावश्यक दबाब दिने काम गरेपछि सरकारले नियन्त्रणका लागि पनि कानुनी व्यवस्था गर्न बाध्य हुनु परेको पनि बताए।

त्यसैगरी सत्तारुढ दल नेकपाका सांसदहरु जनार्दन शर्मा, खगराज अधिकारी, झपटबहादुर रावलले पनि राज्य संयन्त्र सञ्चालन गर्नेहरुको अराजकता र अनुशासनहीनताको अन्त्य गर्न पनि सो प्रावधान राख्न उपयुक्त हुने तर्क गरेका थिए। पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेकपाका सांसद अधिकारीले चिकित्सकहरुले समेत आफ्ना अनुचित माग पूरा गराउन सामूहिक राजीनामा दिने धम्कीसहित अस्पतालको सेवा ठप्प पार्ने विगतका ती घटनालाई नियन्त्रण गर्न पनि सो प्रावधान आवश्यक रहेको तर्क गरे।

 नेकपाकै अर्का सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले विभिन्न कारणले कर्मचारीहरुले सामूहिक राजीनामा दिएमा औचित्य पुष्टि भए सरकारले राजीनामा स्वीकृत गर्ने प्रावधान सही भएको बताएका थिए।

सत्तारुढ दलकै सांसद झपटबहादुर रावलले कर्मचारीहरुको अराजकता र अनुशासनहीनताको अन्त्य गर्न पनि उनीहरुको सामूहिक राजीनामा आएमा सरकारले स्विकृत गर्ने कानुनी प्रावधान राख्न उपयुक्त हुने तर्क गरे।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरु भने कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधानको विपक्षमा उभिएका थिए। कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कर्मचारीहरुको सामूहिक राजीनामाको परिकल्पना गरेर कानुन निर्माण गर्न आवश्यक नभएको तर्क समेत गरे। कांग्रेस सांसद देवेन्द्रराज कँडेलले पनि बडुको मतमा सहमति जनाएका थिए।

कांग्रेस सांसद बडुले कर्मचारीहरुको हितका लागि टे«ड युनियन संघ, संगठनहरु आवश्यक रहेको धारणा पनि राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका