मनसुन पुनः सक्रिय : भारी वर्षाको सम्भावना !

काठमाडौँ / केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर (नेपाल तर्फ) सरेकाले मनसुन पुनःसक्रिय भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेले बताए । “एक सातादेखि कमजोर रहेको मनसुन आजदेखि केही सक्रिय भएको हो ।” अबको तीन– चार दिन बिहान तथा बेलुकापख वर्षा हुने र दिउँसो घाम लाग्ने क्रम चलिरहने छ, उनले भने ।

हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । . महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँमा १० दशमलव ० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४ दशमलव ०, दाङमा ३२ दशमलव०, सिमरामा ६७ दशमलव ०, नेपालगञ्जमा २७ दशमलव ०, धनगडीमा ४२ दशमलव ० र दिपालयमा २६ दशमलव ० मिलिमिटर वर्षा मापन गरिएको छ ।

राति देशभर सामान्य बदली रही देशको पश्चिमी भागका केही स्थानमा तथा मध्य र पूर्वका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । भोलि देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बुधबार देशभर सामान्यदेखि पूर्ण बदली हुनाका साथै केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशको केही स्थानमा मेघगर्जन ÷चटयाङ पर्ने सम्भावना रहनाका साथै पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र