
गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् ।
राष्ट्रिय सभा अन्र्तगत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले निर्मला हत्याकाण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतीलाई नै बिस्थापित गर्दे नयां शुत्र लगाएर अनुसन्धान प्रकृया अगाडि बढाउन लागेको जानकारी दिए ।
२०७५ साउन १० गते कन्चनपुरको उल्टाखाममा पन्तको बलात्कारपछि हत्या भएपछि उक्त मुद्धा अन्तराष्ट्रिय करण हुनुको साथै सरकारमाथि पटक पटक दवाव परेको थियो । उक्त हत्याकाण्डमा कुनै पनि ठुला भनिएका ब्यक्तिलाई जोगाउन कुनै प्रकारको षडयन्त्र नभएको बताए । उक्त घटनामा संलग्न रहेका जतिसुकै हाई प्रोफाईलका मान्छे संलग्न रहेको तथ्य पत्ता लाग्यो भने सरकारले कारवाही गरेरै छाड्ने दावी गरे ।
उनले यस अघि निमर्ला हत्याकाण्डमा संलग्न रहेका भनिएका दिलीपसिंह बिष्टको बारेमा समेत सुरक्षा निकायले फरक ढंगले अनुसन्धान शुरु गरेको जानकारी दिए ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण