साउन १२, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा आइतबार भएको खेलमा घरेलु टोली सिंगापुरले नेपाललाई ८२ रनले पराजित गरेको हो । जितसँगै सिंगापुर फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।
अन्तिम खेलमा हार व्यहोरेको नेपालको भने अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना तुहिएको छ । नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न पुनः असफल भएको छ ।
सिंगापुरले दिएको १ सय ९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन जोडे । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले २३ रन बनाए भने २१ बल खेलेका ज्ञानेन्द्र ४ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै दिपेन्द्रले २२ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका थिए । कप्तान पारस खड्का १२ रनमा आउट भए भने शरद भेषवाकरले ७ रन, सोमपाल कामीले ११, विनोद भण्डारीले ९ र रोहित कुमार पौडेलले ५ रन बनाए ।
सिंगापुरका विजय कुमारले ४, बिनोथ बसक्रनले २ विकेट लिए भने अम्जाद महबो, जनक प्रकाश र अन्नथ कृष्णले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।
सिंगापुरका लागि टिम डेभिडले अर्धशतक बनाए । ४३ बल खेलेका उनले ८ चौका र ३ छक्काको मदतमा ७७ रन बनाए ।
त्यस्तै ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका रोहन रङगराजन शरद भेषवाकरमार्फत् क्याच भएका थिए भने २७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका मनप्रितले ४२ रन जोडेका थिए। त्यसैगरी अनिस परम ९ रनमा अबिजित रहे ।
नेपालका अभिनास बोहराले ४ र करण केसीले २ विकेट लिए ।
४ खेलमा ३ जित निकालेको सिंगापुरले ७ अंक जोडेको छ । अब सिंगापुरले युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल