धान रोपाइँ यो वर्ष कम, ६३ प्रतिशतमात्र !

काठमाडौं । गतवर्ष भन्दा यो वर्ष रोपाइँ कम भएको छ । कृषि तथा पशुपन्छी  विकास मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्षभन्दा यो वर्ष १३ प्रतिशत रोपाइँ कम भएको हो ।  

मन्त्रालयले दिएको जानकारी अनुसार यो वर्ष साउन ६ गते सम्ममा नेपालभर ६३.६९ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । जुन गत वर्षको यहि अवधिमा ७७.७४ प्रतिशत रोपाइँ भएको थियो । 

यस वर्ष सबैभन्दा धेरै कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।  त्यसैगरी, १ नम्बर प्रदेशमा  ५६.१३ प्रतिशत, २ नम्बर प्रदेशमा ५०.४८ प्रतिशत, ३ नम्बर प्रदेशमा ६९.१८ प्रतिशत,  गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत, ५ नम्बर प्रदेशमा ६३.४८ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ८६.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ  ।

त्यसैगरी गत वर्ष यहि अवधिमा १ नम्बर प्रदेशमा ७१.९६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । त्यसैगरी,  २ नम्बर प्रदेशमा ८९.३८ प्रतिशत, ३ नम्बर प्रदेशमा ७६.५० प्रतिशत,  गण्डकी प्रदेशमा ८७.३३ प्रतिशत,  ५ नम्बर प्रदेशमा ७९.८६ प्रतिशत, कर्णाली प्रदेशमा ७७.४४ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । 

नेपालमा धान रोपाइँ हुने कुल १३ लाख ७१ हजार ७ सय ९ हेक्टर क्षेत्रफल मध्ये हालसम्म ८ लाख ७४ हजार ९ सय ६९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ  । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष यहि अवधिको रोपाइँको अवस्था हेर्दा १० लाख ६६ हजार ३ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । 

त्यसैगरी भौगोलिक अवस्था अनुसार साउन ६ गते सम्ममा  उच्च पहाडमा ७५.०१ प्रतिशत, मध्य पहाडमा ७२.८९ प्रतिशत र  तराई मा ६०.०२ प्रतिशत गरेर जम्मा  ६३.७९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जुन गत वर्ष उच्च पहाडमा ८१.०९ प्रतिशत, मध्य पहाडमा ७७.७८ प्रतिशत र तराईमा ७७.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । 

नेपालमा वार्षिक ६० लाख टन धान खपत हुने गरेको छ । जसमध्य १० लाख टन धान बाह्य देशबाट आयात गरिन्छ । जसको लागि २२ अर्बभन्दा बढी खर्च हुन्छ । रोपाइँ समयमै रोपाइँ नभएपछि उत्पादन पनि कम हुन्छ । जसले गर्दा यो वर्ष धान तथा चामलको मूल्य बढ्ने सम्भावना देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र