धान रोपाइँ यो वर्ष कम, ६३ प्रतिशतमात्र !

काठमाडौं । गतवर्ष भन्दा यो वर्ष रोपाइँ कम भएको छ । कृषि तथा पशुपन्छी  विकास मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्षभन्दा यो वर्ष १३ प्रतिशत रोपाइँ कम भएको हो ।  

मन्त्रालयले दिएको जानकारी अनुसार यो वर्ष साउन ६ गते सम्ममा नेपालभर ६३.६९ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । जुन गत वर्षको यहि अवधिमा ७७.७४ प्रतिशत रोपाइँ भएको थियो । 

यस वर्ष सबैभन्दा धेरै कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।  त्यसैगरी, १ नम्बर प्रदेशमा  ५६.१३ प्रतिशत, २ नम्बर प्रदेशमा ५०.४८ प्रतिशत, ३ नम्बर प्रदेशमा ६९.१८ प्रतिशत,  गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत, ५ नम्बर प्रदेशमा ६३.४८ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ८६.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ  ।

त्यसैगरी गत वर्ष यहि अवधिमा १ नम्बर प्रदेशमा ७१.९६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । त्यसैगरी,  २ नम्बर प्रदेशमा ८९.३८ प्रतिशत, ३ नम्बर प्रदेशमा ७६.५० प्रतिशत,  गण्डकी प्रदेशमा ८७.३३ प्रतिशत,  ५ नम्बर प्रदेशमा ७९.८६ प्रतिशत, कर्णाली प्रदेशमा ७७.४४ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । 

नेपालमा धान रोपाइँ हुने कुल १३ लाख ७१ हजार ७ सय ९ हेक्टर क्षेत्रफल मध्ये हालसम्म ८ लाख ७४ हजार ९ सय ६९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ  । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष यहि अवधिको रोपाइँको अवस्था हेर्दा १० लाख ६६ हजार ३ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । 

त्यसैगरी भौगोलिक अवस्था अनुसार साउन ६ गते सम्ममा  उच्च पहाडमा ७५.०१ प्रतिशत, मध्य पहाडमा ७२.८९ प्रतिशत र  तराई मा ६०.०२ प्रतिशत गरेर जम्मा  ६३.७९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जुन गत वर्ष उच्च पहाडमा ८१.०९ प्रतिशत, मध्य पहाडमा ७७.७८ प्रतिशत र तराईमा ७७.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । 

नेपालमा वार्षिक ६० लाख टन धान खपत हुने गरेको छ । जसमध्य १० लाख टन धान बाह्य देशबाट आयात गरिन्छ । जसको लागि २२ अर्बभन्दा बढी खर्च हुन्छ । रोपाइँ समयमै रोपाइँ नभएपछि उत्पादन पनि कम हुन्छ । जसले गर्दा यो वर्ष धान तथा चामलको मूल्य बढ्ने सम्भावना देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष