
साउन ७, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा मंगलबार गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
बेपत्ता ३ जनाको खोजी कार्य भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
सत्यवती गाउँपालिका वडा नम्बर ३, ठूलो लुम्पेकमा अविरल वर्षापछि मंगलबार बिहान ३ बजेतिर गएको पहिराले एक घर बगाउँदा त्यसमा रहेका पाँच जनामध्ये २ ज्यान गुमाएका थिए भने अर्का २ जना घाइतेको सकुशल उद्धार गरिएको छ ।
ज्यान गुमाउनेमा ३४ वर्षीया तीलकुमारी तरामु मगर र उनका ९ वर्षीय छोरा दर्शन तरामु रहेका छन् । घाइते हुनेमा उनकै छोरीहरू १३ वर्षीया धनी र १० वर्षीया करिश्मा रहेका छन् । अहिले उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
वडा नम्बर ४ मा करिब दुई सय मिटर माथिबाट खसेको पहिरोले तीन वटा घर बगाएको छ । तीन घरमा ९ जना व्यक्ति रहेका थिए । ती मध्ये ८ जनाको शव भेटिएको छ ।
घर बगाउँदा नाम नखुलेका एक वर्षीय बालक, ५ वर्षका हिमांशु बिक, ९ वर्षीया सिवानी बिक, ९ वर्षकै तारा बिक र नाम ३२ वर्षीया निर्मला बिक, २९ वर्षीया पम्फा बिक, १२ वर्षीया अञ्जली बिक, ७० वर्षीय छली बिकको शव भेटिएको हो । अन्य बेपत्ता छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष