July 20, 2019

आगामी २४ घण्टाको मौसम पूर्वानुमान यस्तो छ

banner

४ श्रावण, काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रदेश नं १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । 

त्यसैगरी मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित