प्रदेश सरकारको आकस्मिक बैठक : मृतक परिवारलाई ३/३ लाख रुपैयाँ राहत घोषणा

अविरल वर्षापछि आएको बाढी र डुबानबाट ग्रस्त २ नम्बर प्रदेशका सबै जिल्लामा राहतका लागि प्रदेश सरकारले १०/१० लाख रुपैयाँ बजेट पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को शनिवार बसेको आकस्मिक बैठकले राहतका लागि बजेट पठाउने  निर्णय गरेको हो । 

प्रदेश सरकारको बजेटबाट आवश्यकताअनुसार त्रिपाल, खाना लगायत सामग्री खरिद गरेर उपलब्ध गराइने छ । प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गएका व्यक्तिका परिवारलाई राहतस्वरुप ३/३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको काम गर्न हेलिकप्टर, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतलाई परिचालन गरिदिन प्रदेश सरकारले संघ सरकारलाई आग्रह समेत गरेको छ ।

बाढी, डुबान र जलमग्न भएका कारण प्रदेशका अधिकांश जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग