July 12, 2019

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

असार २७,विराटनगर : तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २  र ८ का केही क्षेत्र शुक्रबार बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

विराटनगर-१ स्थित परोपकार घाटका छेउछाउका ५० भन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण विराटनगर-१२ को केही क्षेत्रसमेत डुबानमा परेका छन् । उक्त स्थानमा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको कारण कुनै मानवीय क्षति नभएको जनाइएको छ । कटहरी गाउँपालिका–१ झझौरा टोल र बख्खु टोलमा ५० भन्दा बढी घर डुबानमा परेको छ ।

विराटनगरका सडक निर्माणाधीन अवस्थामा रहेकाले अविरल वर्षाका कारण नगरवासीलाई हिँड्डुल गर्न पनि सकस परेको छ । केही महिना अगाडि सडक तथा नाली निर्माण गर्न भत्काइएको र निर्माण कार्य सम्पन्न नभएकाले  सडक हिलाम्य भएकाले यो समस्या देखिएको हो ।
    
विराटनगर महेन्द्र चोकदेखि पूर्व ट्राफिक चोकसम्म, ट्राफिक चोकदेखि उत्तर तीनपैनीसम्म, प्रादेशिक अस्पताल (कोशी अस्पताल) चोकदेखि उत्तर तीनपैनी चोक, ट्राफिक चोकदेखि पूर्व न्यूरो अस्पताल जाने सडक, देवकोटा चोक छेउछाउका सडक, जनपथ सडक, सरौचियाबाट राजमार्ग जोड्ने केही सडक कच्ची भएकाले मानिस तथा यातायातका साधनलाई ओहोरदोहोर कठिनाइ भएको छ ।
 
कच्ची सडक, निर्माणाधीन नाला, हिलाम्य र खाल्डाखुल्डी पार गर्दै सवारीसाधन चल्दा दुर्घटना हुने सम्भावना बढेको छ । हिलाम्य र खाल्डाखुल्डीले गर्दा निजी तथा आवासीय विद्यालयबाट सञ्चालित हुने सवारीसाधन र सामुदायिक विद्यालय विद्यार्थीलाई पनि निकै समस्या भएको छ । झरीले गर्दा बजारमा तरकारीको आयात कम भएको छ भने भएका उपलब्ध हरियो सागसब्जी महँगो भएको छ ।

झरी केही समय रहने हो भने जिल्लाका बक्राहा, केसलिया, सिंगियाजस्ता ठूला नदीमा बाढी आउने सम्भावना बढेकाले त्यस क्षेत्रका सशस्त्र, जनपद प्रहरीलाई सर्तक रहन प्रशासनले निर्देशन दिएको छ । 

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा हुने वर्षाबाट उत्पन्न हुने समस्या समाधानका लागि तत्काल उद्धार टोली परिचालन गरेको छ । लगातारको वर्षाले प्रादेशिक अस्पताल (कोशी)को परिसरमा पानी जम्ने समस्यालाई समाधान गर्न मोटरबाट पानी निकासको व्यवस्था गरिएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि