रितको शतकसँगै सिंगापुरलाई नेपालको ठूलो लक्ष्य !

  रित गौतमको शतकको मद्दतमा नेपालले मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ३ सय २७ रनको ठूलो लक्ष्य दिएको छ।

क्वालालम्पुरस्थित किनरा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनायो। 

नेपालका लागि ओपनर रितले अविजित १ सय १५ रनको उत्कृष्ट शतकीय पारी खेले। सम्हालिएर खेलेका रितले १ सय ३७ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गरे। 

 

पहिलो विकेटका लागि रित र पवन सर्राफबीच ९२ रनको साझेदारी भएको थियो। १५औं ओभरको चौथो बलमा भिनित मेहताले पवनलाई भिदान्त छिन्चोल्करको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए। 

पवनले ४१ बल खेल्दै ४५ रन जोडे। उनले १० चौका प्रहार गरे। दोस्रो विकेटका लागि रितले खडकबहादुर बोहरासँग १ सय ३१ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफल तर्फ अघि बढाएका थिए। 

३९.१ ओभरमा प्रनव सुदर्शनबाट एलबिडब्लुको सिकार हुनुअघि उनले ९० बलमा १२ चौकासहित ९० रन जोडे। खड्कको यो डेब्यू खेल समेत हो। 

नेपालले यू-१६ टोलीका कप्तान समेत रहेका विशाल विक्रम केसीलाई १ र यू-१९ का कप्तान रोहितकुमार पौडेललाई भने ७ रनमै गुमाएको थगियो। 

तर, कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै नेपालको रन ३ सय रन पार गराएका थिए। कुशलले २३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। 

पाँचौं विकेटका लागि ४२ बलमा कुशल र रितबीच ८२ रनको साझेदारी समेत भएको थियो। 

सिंगापुरका प्रनव सुदर्शन र विनित मेहराले २-२ विकेट लिए।

यस खेलमा जित हात पारे नेपाल समूह एको विजेता बन्नेछ। यसअघि पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो।

समूह एबाट नेपाल र सिंगापुर दुबै सेमिफाइनलमा पुगिसकेका छन्। 

जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन्। 

श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू-१९ एसिया कप हुनेछ। उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि