रितको शतकसँगै सिंगापुरलाई नेपालको ठूलो लक्ष्य !

  रित गौतमको शतकको मद्दतमा नेपालले मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ३ सय २७ रनको ठूलो लक्ष्य दिएको छ।

क्वालालम्पुरस्थित किनरा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनायो। 

नेपालका लागि ओपनर रितले अविजित १ सय १५ रनको उत्कृष्ट शतकीय पारी खेले। सम्हालिएर खेलेका रितले १ सय ३७ बलको सामना गर्दै १० चौका र १ छक्का प्रहार गरे। 

 

पहिलो विकेटका लागि रित र पवन सर्राफबीच ९२ रनको साझेदारी भएको थियो। १५औं ओभरको चौथो बलमा भिनित मेहताले पवनलाई भिदान्त छिन्चोल्करको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए। 

पवनले ४१ बल खेल्दै ४५ रन जोडे। उनले १० चौका प्रहार गरे। दोस्रो विकेटका लागि रितले खडकबहादुर बोहरासँग १ सय ३१ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफल तर्फ अघि बढाएका थिए। 

३९.१ ओभरमा प्रनव सुदर्शनबाट एलबिडब्लुको सिकार हुनुअघि उनले ९० बलमा १२ चौकासहित ९० रन जोडे। खड्कको यो डेब्यू खेल समेत हो। 

नेपालले यू-१६ टोलीका कप्तान समेत रहेका विशाल विक्रम केसीलाई १ र यू-१९ का कप्तान रोहितकुमार पौडेललाई भने ७ रनमै गुमाएको थगियो। 

तर, कुशल मल्लले आक्रामक ब्याटिङ गर्दै नेपालको रन ३ सय रन पार गराएका थिए। कुशलले २३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। 

पाँचौं विकेटका लागि ४२ बलमा कुशल र रितबीच ८२ रनको साझेदारी समेत भएको थियो। 

सिंगापुरका प्रनव सुदर्शन र विनित मेहराले २-२ विकेट लिए।

यस खेलमा जित हात पारे नेपाल समूह एको विजेता बन्नेछ। यसअघि पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो।

समूह एबाट नेपाल र सिंगापुर दुबै सेमिफाइनलमा पुगिसकेका छन्। 

जारी प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर र भुटानको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपमा सहभागिता जनाउँनेछन्। 

श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म एसिसी यू-१९ एसिया कप हुनेछ। उक्त प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देश सहभागिता जनाउँदै छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त