प्रहरीचौकीमै भयो आक्रमण; आठ प्रहरी मारिए !

 अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिनु भएको छ । शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।Image result for afghanistan police attack

तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारी र तालिबानबीच भएको दोहोरो भिडन्तमा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यति नै सङ्ख्यामा आतङ्ककारीतर्फ हताहत भएको सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस आक्रमण र झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र