एसईई परीक्षाको नतिजा बारे आयो यस्तो खबर

असार ११,काठमाडौ : यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

२०७५ को एसइईको नतिजा प्रकाशसनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बताए। उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ, प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’ परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएका परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ।

परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। सम्बन्धित निकायले नतिजा आउँदैछ प्रतिक्षा गर्नुहोस् भनिसक्यो । 

यसबर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १० गतेबाट शुरु गरी २१ गते बिहीबारसम्ममा सकाएको थियो । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा थियो । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा थियो । प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो । परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष