असार १, काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन् ।
गुठी विधेयकका पक्ष विपक्षमा बहस चलिरहँदा नेकपा नेता भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘बुझाउनु पर्नेले बुझाउन सकेनन् । बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन् । आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनुभयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू ।’
साताव्यापी युरोप भ्रमणबाट आइतबार मात्रै काठमाडौं फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे सकारात्मक प्रतिक्रिया दिएका छन् ।
‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ,’ प्रधानमन्त्रीले भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल लगायत अन्य दलहरुले पनि गुठी विधेयकको विरोध गरिरहेका छन् । कांग्रेसले पटक पटक यही विषय उठाउँदै संसद अवरुद्ध गरिरहेको छ । नेकपाकै कति सांसद तथा नेताहरुले पनि यसको खुलेर विरोध गर्न थालेका छन् ।
यता गुठीयारहरुले दैनिकजसो प्रदर्शन गरिरहेका छन् । गुठी सम्बन्धी संशोधन विधेयक पारित नगर्न उनीहरुले माग गरेका छन् । उक्त विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने उनीहरुको चेतावनी छ ।
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२