जेठ २९, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेपछि अढाई अर्ब घाटा भएको दाबी गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कँडेलले भ्रष्टाचारमा शून्य सहनशिलता भन्ने प्रधानमन्त्रीले नेवानि सम्हालिसकेपछि झण्डैँ अढाई अर्ब घाटा भएको बताएका हुन् ।
संसदमा उनले भने, ‘हाम्रा प्रधानमन्त्रीज्यूको एउटा दृढ संकल्प र महानवाणी छ– सम्पूर्ण मन्त्रालयहरुमा न भ्रष्टाचार हुन दिन्छु, न गर्छु । तर सम्माननीय प्रधानमन्त्रीले मन्त्रालय सम्हालिसकेपछि अहिले नेपाल वायु सेवा निगमले झण्डै अढाई अर्ब रुपैयाँको घाटा व्यहोरिसक्यो ।’
उनले २५ अर्ब रुपैयाँ ऋण काढेर खरिद गरिएका वाइड बडी विमानले उडान भर्न नसक्दा निगमलाई दैनिक डेढ करोड रुपैयाँ घाटा भइरहेको तथ्य पनि संसदमा प्रस्तुत गर्दै भने, ‘जुलाई ४ बाट वाइडबडी जहाजले जापानका लागि उडान भर्ने भनिएको थियो, तर विभिन्न बहानामा त्यो स्थगित गरियो । जसका कारण प्रत्येक दिन डेढ करोड घाटा भइरहेको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र त्यहाँ २५ अर्ब रुपैयाँ ऋण काढेर ल्याइएका वाइड बडी जहाजहरु आए दिनदेखि नै भ्रष्टाचारको घेरामा रुमल्लिएको उनले प्रष्ट पारे ।
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका
ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक
काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको