June 5, 2019

पशुपतिनाथको कति छ सम्पत्ति ? कोषले सार्वजनिक गर्यो विवरण

Image result for पशुपतिनाथजेठ २२, काठमाडौं । पशुपतिनाथको ढुकुटीमा वि.सं. २०१९ देखि ०७५ सम्ममा ९ किलो २ सय ७६ ग्राम सुन जम्मा भएको प्रतिवेदन सार्वजनिक भएको छ ।पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी पशुपतिनाथको ढुकुटीमा जम्मा भएको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।कोषले पत्रकार सम्मेलनमा गुठी जग्गाको प्रतिवेदन पनि सार्वजनिक गरेको छ । हाल कोषसँग १८ हजार ३ सय ४२ रोपनी २ आना २ दाम जग्गा रहेको छ ।

यस्तै पशुपतिनाथको नाममा एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा विभिन्न बैंकमा नगद मौज्दात रहेको पनि कोषले जनाएको छ । सो रकममध्ये एक अर्बको अक्षय कोष निर्माण गरिएको कोषले उल्लेख गरेको छ ।पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो ।उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो ।

पशुपतिनाथ भण्डार तहबिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार वि।सं। २०१९ देखि २०६८ सम्म ८ किलो २ सय ३२ ग्राम सुन र १ सय ७५ किलो ४ सय ५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको देखिएको छ। त्यस्तै ०६८ देखि ०७५ सालसम्म सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणअनुसार १ हजार ४४।६४ ग्राम सुन र १ लाख ४१ हजार १ सय २८।७५ ग्राम चाँदी ढुकुटीमा जम्मा भएको छ। समितिले वि।सं। २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का फेला पार्न नसकेको पनि जनाएको छ।

त्यसैगरी कोषको अचल सम्पत्ति दर्ता प्रमाणित ३ हजार ६ सय ६७ रोपनी जग्गा रहेको समितिले जनाएको छ। त्यस्तै साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा क्षेत्रफल २ सय ३१ रोपनी १० आना १ दाम जग्गा रहेको छ भने त्रिभुवन विमानस्थल र ९९ वर्षको लागि सम्झौता गरी भोगचलनमा दिएको गल्फकोर्ष रहेको जग्गा १ हजार १ सय ६१ रोपनी १४ आना रहेको छ। त्यस्तै मोही तारागाउँ रिजेन्सी होटल भएको जग्गा १७ रोपनी रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग