June 5, 2019

पशुपतिनाथको कति छ सम्पत्ति ? कोषले सार्वजनिक गर्यो विवरण

Image result for पशुपतिनाथजेठ २२, काठमाडौं । पशुपतिनाथको ढुकुटीमा वि.सं. २०१९ देखि ०७५ सम्ममा ९ किलो २ सय ७६ ग्राम सुन जम्मा भएको प्रतिवेदन सार्वजनिक भएको छ ।पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी पशुपतिनाथको ढुकुटीमा जम्मा भएको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।कोषले पत्रकार सम्मेलनमा गुठी जग्गाको प्रतिवेदन पनि सार्वजनिक गरेको छ । हाल कोषसँग १८ हजार ३ सय ४२ रोपनी २ आना २ दाम जग्गा रहेको छ ।

यस्तै पशुपतिनाथको नाममा एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा विभिन्न बैंकमा नगद मौज्दात रहेको पनि कोषले जनाएको छ । सो रकममध्ये एक अर्बको अक्षय कोष निर्माण गरिएको कोषले उल्लेख गरेको छ ।पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो ।उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो ।

पशुपतिनाथ भण्डार तहबिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार वि।सं। २०१९ देखि २०६८ सम्म ८ किलो २ सय ३२ ग्राम सुन र १ सय ७५ किलो ४ सय ५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको देखिएको छ। त्यस्तै ०६८ देखि ०७५ सालसम्म सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणअनुसार १ हजार ४४।६४ ग्राम सुन र १ लाख ४१ हजार १ सय २८।७५ ग्राम चाँदी ढुकुटीमा जम्मा भएको छ। समितिले वि।सं। २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का फेला पार्न नसकेको पनि जनाएको छ।

त्यसैगरी कोषको अचल सम्पत्ति दर्ता प्रमाणित ३ हजार ६ सय ६७ रोपनी जग्गा रहेको समितिले जनाएको छ। त्यस्तै साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा क्षेत्रफल २ सय ३१ रोपनी १० आना १ दाम जग्गा रहेको छ भने त्रिभुवन विमानस्थल र ९९ वर्षको लागि सम्झौता गरी भोगचलनमा दिएको गल्फकोर्ष रहेको जग्गा १ हजार १ सय ६१ रोपनी १४ आना रहेको छ। त्यस्तै मोही तारागाउँ रिजेन्सी होटल भएको जग्गा १७ रोपनी रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र