सोलुखुम्बु / सोलुखुम्बुको एक प्रहरी चौकी कब्जागर्ने विप्लब माओबादीको प्रयास असफल भएको छ । गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियार सहित बाहिरी सकेकाले कब्जाको रणनिति असफल भएको उच्च स्रोतले जनाएको छ ।
माओबादी कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी सहित हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजे देखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।
महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।
अहिले जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले वैठक चलिरहेकाले वैठक पछि मात्र सूचना दिने प्रतिक्रिया दिए । प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । घटना जिल्ला सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो । थप विवरण आउन बाँकी छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति