जेठ १२,विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी लुटिएका छन् ।
धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा तीन जनाको समूहमा आएका लुटेराले आइतबार दिउँसो कर्मचारी शम्भु गच्छदारमाथि आक्रमण गरी चार लाख रुपैयाँ लुटपाट गरेको संस्थाका वरिष्ठ प्रबन्धक दामोदर रेग्मीले जानकारी दिए ।
उनले भने,‘‘तीन गोली प्रहार गरेर लुटपाट गरेको भन्ने कुरा आएको छ ।’’ रेग्मीका अनुसार गच्छदार लघुवित्तको समूह बैठक गरी किस्ता रकम उठाएर धरानस्थित कार्यालयतर्फ फर्कदै थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक(एसपी) राजन अधिकारीले घाइते कर्मचारीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए ।
उनले भने,‘‘गोली प्रहार भएको विषयमा अनुसन्धान भइरहेको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षक(डिएसपी) को टोली अनुसन्धानको लागि पठाइसकेको छु ।’’ अधिकारीले घटनाबारे गहन अनुसन्धान थालिएको बताए । घटनास्थलमा इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली पुगेको छ ।
गोली प्रहारबाट घाइते भएका मोरङ धनपालथानका गच्छदारको शरीरका दुई भागमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । घटनापछि सुनसरी प्रहरीले धरान र आसपासको नाकामा कडाइ गरिएको छ ।
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न