May 3, 2019

मौसममा खतराको संकेत: उडान नगर्न आपत्कालीन अपिल

Image result for हावाहुरीसहित भारी वर्षाबैशाख २०, काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले नेपालमा पनि ‘फानी’ को प्रभाव देखिएको उल्लेख गर्दै शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न अपिल गरेको छ ।

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न–नगराउन राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक अपिल गरेको हो । भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो।

नेपालको काठमाडौंसम्मको मौसममा यसको असर सुरु भइसकेको छ भने आँधीका डरले नवलपरासी, चितवनलगायतका तराईका जिल्लामा आज विद्यालय बन्द गराइएको छ ।

भारतको ओडिसामा पनि यसको प्रभाव देखिसकिएको छ । त्यहाँको सरकारले झण्डैँ ११ लाख मानिसहरुलाई भारतको ओडिसाबाट सुरक्षित स्थानमा पुर्यासकेको छ । यस फानीका कारण भारतमा बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल सेवा समेत बन्द गरिएको छ ।

यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज र भोलि मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले जानकारी दिएका छन् ।

मौसमविद्का अनुसार एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ । साथै देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपातको सम्भावना रहेको छ ।

आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति