प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार वार्ता हुँदै

बैशाख १०, काठमाडौं : हिन्दू राष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग राख्दै सडक संघर्षमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सरकारबीच मंगलबार वार्ता हुँदैछ ।

आइतबार कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले राप्रपा अध्यक्ष कमल थापालाई पत्र पठाउँदै आज वार्ताका लागि बोलाएका हुन् ।

वार्ता आज दिउँसो १ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा हुने सरकारले जनाएको छ। सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपासँग वार्ता गर्नेछन्।

गत फागुन ७ गते सरकारसमक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे मागपत्र पेस गरेको राप्रपाले सरकारले मागको बेवास्ता गरेको भन्दै गत शुक्रबार धर्म निरपेक्षेताको ब्यानर जलाएर प्रदर्शन समेत गरेको थियो ।

सरकारलाई २२ बुँदे माग पत्र बुझाउँदै मेची महाकाली यात्रा समेत सम्पन्न गरी सडक संघर्षमा रहेको राप्रपाका पक्षमा जनमत बढ्दै गएपछि सरकारले वार्तामा बोलाएको हो ।

राप्रपाले सोमबार सरकारसँग वार्ता गर्नका लागि वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समतिमा बोहरासहित महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देन र नेता निरन्जन थापा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका