बैशाख ९, काठमाडौं : पार्टी एकताको प्रक्रियाको लामो समयपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्लामा कार्य समितिको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला नेतृत्व टुंगो लगाएको हो ।
![;+o'Qm kqsf/ ;Dd]ng– clejfbg g]skf -Pdfn]_ / g]skf -dfcf]jfbL s]Gb|_ åf/f cfOtaf/ /fhwfgLdf cfof]hgf u/]sf] ;+o'Qm kqsf/ ;Dd]ngdf ;xefuL x'g'ePsfx?nfO{ clejfbg ug'{x'Fb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'ik sdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt,/f;;](https://peoplenepal.com/wp-content/uploads/2019/04/18-05-49e3819b4525d6338dafadd4c1410106-300x200.jpg)
७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी नेतृत्व टुंगो लगाइएको छ ।
नेकपा सचिवालयले पूर्व एमालेले ४४ र माओवादीले ३३ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरिएको जनाइएको छ । माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि बाहिरीएको छ ।
सार्वजनिक सूची अनुसार पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । प्रदेश १ को ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, सुनसरीमा रामकुमारी चौधरी, उदयपुरमा विनोद कटुवाल दिनेश, खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहन कुमार खड्काको नेतृत्व रहनेछ ।
यस्तै प्रदेश २ अन्तर्गतको बारामा गोपाल ठाकुर, सर्लाहीमा डाचाराज वाग्ले, धनुषामा जोखकुमार बर्बरीया र सिराहामा रामकुमार यादवले नेतृत्वको जिम्मेवारी पाएका छन् ।
प्रदेश ३ का १३ जिल्ला मध्ये ५ जिल्लाको नेतृत्व माओवादीको भागमा परेको छ । चितवनमा यमबहादुर परियारको नेतृत्व रहनेछ भने सिन्धुलीमा राजन दाहाल, नुवाकोटमा हिरानाथ खतिवडा, काभ्रेमा रुकु चौंलागाईं, र रामेछापमा मैनकुमार मोक्तान (मदन) ले जिम्मेवारी पाएका छन् ।
यसैगरी गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको नेतृत्व जगन्नाथ खनालले सम्हाल्ने भएका छन् भने मधुमाया अधिकारीले लमजुङ, गोविन्द पौडेलले म्याग्दी र पारस गैरेले स्याङजाको नेतृत्व सम्हाल्ने भएका छन् ।
प्रदेश ५ बाट बाँकेमा आइपी खरेल, बर्दियामा भवनकुमार थारु, रोल्पामा सुरेन्द्र थापा ध्रुव, पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ र नवलपरासीमा राजुप्रसाद हरिजनको नृेतृत्व रहनेछ ।
यस्तै कर्णाली प्रदेशबाट रुकुम पश्चिमको नेतृत्वको जिम्मा गोपाल शर्मा (अनिल) ले पाएका छन् भने जाजरकोटको अध्यक्षमा ढकविर राना नियुक्त भएका छन् । सुरेश पहाडीले जुम्लाको नेतृत्व सम्हाल्ने भएका छन् भने हुम्लामा विजय भण्डारी, कालिकोटमा दुर्गाबहादुर रावत र मुगुमा सुखवीर बुढाको नेतृत्व रहनेछ ।
यसैगरी सचिवालय बैठकले सुदुरपश्चिम प्रदेशको ९ जिल्ला मध्ये ४ जिल्लाको जिम्मेवारी माओवादीको भागमा पारेको छ । जसअन्तर्गत दार्चुलामा गणेश खत्री, डडेलधुरामा मानसिंह माल, कञ्चनपुरमा बीरबहादुर थापा, बझाङमा कलकबहादुर खड्काले नेतृत्वको जिम्मेवारी पाएका छन् ।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका