नवलपरासी, ५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको हेल्थपोष्ट अगाडि शंकास्पद वस्तु फेला परेको छ । देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि रातो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।

यसैगरी गैंडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा पनि रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परेपछि सडक अवरुद्ध छ । घटनास्थललाई प्रहरीले सुरक्षा घेराभित्र राखेर नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
बन्दका कारण सवारी साधन छिटफुट सञ्चालनमा रहे पनि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सडकका विभिन्न ठाउँमा सवारी साधनलाई रोकेर राखेको छ । बन्दका कारण बजार भने सुनसान देखिएको छ ।
यस्तै नवलपुरको कावासोती १६ डण्डास्थित पत्थरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी भएको छ । आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाएका थिए ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य