नवलपरासी, ५ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको हेल्थपोष्ट अगाडि शंकास्पद वस्तु फेला परेको छ । देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि रातो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।

यसैगरी गैंडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा पनि रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परेपछि सडक अवरुद्ध छ । घटनास्थललाई प्रहरीले सुरक्षा घेराभित्र राखेर नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
बन्दका कारण सवारी साधन छिटफुट सञ्चालनमा रहे पनि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सडकका विभिन्न ठाउँमा सवारी साधनलाई रोकेर राखेको छ । बन्दका कारण बजार भने सुनसान देखिएको छ ।
यस्तै नवलपुरको कावासोती १६ डण्डास्थित पत्थरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी भएको छ । आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाएका थिए ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले