हेटौंडा, ५ वैशाख । विप्लव समूहले नेपाल बन्द आह्वान गरेका बेला आज बिहानै मकवानपुरमा दुईवटा गाडी जलाइएका छन् । गाडी अज्ञात समूहले जलाएको प्रहरीले जनाएको छ । पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी थाहा नगरपालिका–४ स्थित पानारोमा रिसोर्टअगाडि तीनजनाको समूहले रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, भीमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडी पनि जलाइएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएका छैनन् । विप्लव नेतृत्वको नेकपा समूहले आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध र नेता–कार्यकर्ता पक्राउको विरोधमा बन्द आह्वान गरेकाले आगजनीमा यही समूहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र