April 4, 2019

बारको चुनावमा वामपन्थीको प्यानल विजयी

 

चैत २१, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील (वामपन्थी) चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई १ सय २७ मतले पराजित गर्दै बामपन्थी समूहका श्रेष्ठ नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयी भएका हुन् ।श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनको विपक्षी उम्मेद्वारा प्रगतिशीलका सुरेन्द्र थापा थिए । पौडेलले ३ हजार २ सय ७ मत ल्याएका छन् भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् ।अहिले गणना भएका समग्र मत परिणामलाई एकिकृत गर्ने कार्य जारी जानकारी दिइएको छ । मतगणनाको आधिकारिक घोषणा भने केही बेरमा हुनेछ ।

नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो। १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट