आफू नेपाली सेना पाल्पा ब्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनका लागि घर बिदा लिएर आएको र जहाजको टिकट धाउँदा २ हप्ता बितिसक्यो, अब घर कसरी जाने भन्ने बारेमा चिन्ता गरे । नेपालकै ७७ वटा जिल्लामध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडानमा ठग्दै आएको सिमकोट उडानका लागि जहाज टिकट लिएर बसेका शाहीले गुनासो गरे ।
नेपाल एयरलाइन्सको नियमित उडान भर्ने भनिए पनि जहाजमा कहिले प्राविधिक गडबडी त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको विमानस्थलमा कार्यरत नाम नबताउने शर्तमा एक कर्मचारीले बताए । दुर्गम हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्दै आएका निजी सीता एयरलाइन्स कम्पनीले यात्रु बोक्न छोडेर काग्रोको समानमा चर्को भाडा असुल्दै उडान गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

