March 27, 2019

सांसदका चासो वास्तै गर्दैनन् मन्त्री, डेढ सय प्रश्नमा १९ वटाको मात्र जवाफ

 चैत १३, काठमाडौं – सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन्। मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने र दिए पनि चित्तबुझ्दो नहुने सांसदहरूको गुनासो छ । यो समाचार गंगा बरालले लेखेका छन् । 

प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार आइतबार सकिएको तेस्रो अधिवेशनमा १ सय ४७ वटा मौखिक प्रश्न दर्ता भएका थिए । यसमध्ये मन्त्रीले १९ वटा प्रश्नको मात्र जवाफ दिएका थिए । योे अधिवेशनमा गृहमन्त्रीलाई २२ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २१ वटा प्रश्न सोधिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोधिएको एउटा प्रश्न अस्वीकृत भएको थियो । धेरैजसो प्रश्न निर्मला पन्त हत्या काण्ड, मेलम्ची खानेपानी आयोजना, सरकारको सुखी नेपाली समृद्ध नेपालको नाराको कार्यान्वयन, शान्ति सुरक्षालगायतका थिए। रक्षा मन्त्रालयलाई एउटा मात्र प्रश्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर