March 18, 2019

विप्लव समूह आतंककारी : प्रधानमन्त्री

afn'jf6f/df ;f+;bsf] hnkfg ;df/f]x k|wfgdGqL s]kL zdf{ cf]nL ;/sf/nfO{ ;dy{g ug]{ k|ltlglw;ef, /fli6«o;ef / k|b]z;efsf ;b:ox?sf] ;Ddfgdf k|wfgdGqL lgjf; afn'jf6f/df a'waf/ cfof]lht hnkfg ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको समूह एकपछि अर्को आतंककारी गतिविधीतर्फ उन्मुख हुँदै गएका कारण सरकार कठोर बन्नु परेको बताए । आफूलाई आफैले राजनैतिक दलको संज्ञा दिएर विप्लव समूह विभिन्न विध्वंसात्मक र आतंककारी गतिविधीमा लागेको उनको आरोप छ । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग कुरा गर्दै ओलीले ‘विप्लव’ नेत्रृत्वको नेकपा कुनै दल विशेष र आधिकारिक नभइकन अनाधिकृत झुण्ड भएको बताए । उनले काहीं पनि दर्ता नभएका कारण यसलाई दल मान्न नसकिने र आधिकारिक रुपमा लिन नसकिने उनको तर्क छ ।

‘यो काहीं पनि दर्ता भएर आधिकारिक भएको छैन । त्यही पनि राजनैतिक दल हुँ भन्दै विभिन्न विध्वंस मच्चाउने काम गरिरहेको छ,’ उनले भने, ‘दल भएको भए आधिकारिक रुपमा दर्ता भएर जनताको सेवामा लाग्नु पर्छ । विध्वंस र आतंक मच्चाएर जनविरोधी गतिविधीलाई निरन्तरता दिएकै कारण उ माथि सरकारले प्रतिबन्ध लगाउने कठोर निर्णय लिनु पर्ने अवस्था आयो ।’ जनविरोधी गतिविधी गर्दै ठाउँ ठाउँमा बम पड्काएर जनतामा मार्दै हिंड्नेलाई आतंककारी भन्दा केही फरक नपर्ने ओलीको तर्क छ ।

उनले बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधि र जनतालाई धम्क्याउने एवं तर्साउने कार्य सरकारलाई मान्य नहुने स्पष्ट पारे । ‘बम पड्काएर आतंक सिर्जना गर्दै धम्क्याउने र तर्साउने काम भइरहेको छ,’ उनले भने, ‘अनि यस्तो गर्न पाइँदैन भनेर सरकारले प्रतिबन्ध लगाउँदा के को रुवाबासी ?’ विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गरे । ‘आफैलाई जवाफ दिन नसक्ने हिसावमा विप्लवका बारेमा कुरा नगर्न म सबै नेताजीहरुलाई आग्रह गर्छु,’ ओलीले भने, ‘दलका रुपमा कहीं दर्ता नभएको यो समूह कहिले कोब्रा समूह भनेर चिनिने र कहिले के भनेर चिनिने जस्तै हो ।’

ओलीले विप्लवलाई जनभावना अनुसार अघि बढेर राजनैतिक गतिविधी सञ्चालन गर्न र जनताको सेवामा लागेर जनताको मन जित्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले संविधान विपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने र यस्ता गतिविधिमा सधैं सरकार कठोर बन्ने स्पष्ट पारे । सरकारले समिति नै बनाएर वार्तामा बोलाउँदा पनि नआएपछि विप्लवमाथि कठोर निर्णय लिनु परेको उनको भनाइ छ । ओलीले सधैं अशान्ति मच्चाउने छुट कसैलाई पनि नभएको बताए । उनले विप्लवले उठाएका मुद्धा र राखेका माग सभ्य समाजले सुन्न सक्ने खालको नभएको टिप्पणी गरे ।

एक अर्को प्रशंगमा ओलीले तत्काल मन्त्रीपरिषद् पुर्नगठन नहुने जानकारी दिए । ‘खाली भएको मन्त्रालयलाई पूर्ण बनाउने हो,’ उनले भने, ‘एउटा मन्त्रालय खाली भएकाले त्यहाँ चैं पूर्ण बनाउने हो ।’ उनले अहिले तत्काल मन्त्रीपरिषद् पुर्नगठनका विषयमा सरकारको कुनै योजना नरहेको बताए । ओलीले पृथकतावादी सोंच बोकेका सीके राउतलाई सहमतिमा ल्याउन सक्नु सरकारको ठूलो उपलब्धी भएको बताए । ‘मुलुक नै टुक्राउनु पर्छ भन्ने पृथकतावादी सोंच त्यागेर उहाँ मूलधारमा आउनु भएको छ,’ उनले भने, ‘यसमा सरकारले सकारात्मक भूमिका खेल्न सक्यो ।’ ओलीले राम्रा कामको प्रसम्शा र नराम्रा कामको आलोचना गर्ने बानीको विकास सबैमा हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य