March 17, 2019

२०७६ सालका सार्वजनिक बिदा सार्वजनिक, कहिले कहिले हुन्छ बिदा

 

चैत्र३, काठमाण्डाै – सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । 

पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको छ । 

पर्व बिदाअन्तर्गत नव वर्ष वैशाख १, शिवरात्रि फागुन ९ र फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ र अन्य जिल्लामा फागुन २७ गते बिदा दिइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए। 

त्यस्तै सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा दिइने छ । किराँत-राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद पर्वका अवसरमा समेत सरकारले बिदा दिएको छ ।

छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६, इसाई धर्मावलम्बीहरुको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्राङ्न्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने छ । 

महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइएको छ । यसैगरी शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६ गतेका दिन बिदा दिइने छ । 

जात्रा बिदामा काठमाण्डाै उपत्यकाका लागि मात्र चार जात्रामा सार्वजनिक बिदा दिइने भएको छ । गाईजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (जात्रा देखाउने दिन) र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा दिइने छ । 

यस्तै सरकारले दशैँ बिदा पाँच दिन दिने भएको छ । फूलपातीदेखि एकादशीसम्म (असोज १८–२२) सम्म दशैँ बिदा हुनेछ । लक्ष्मीपूजादेखि भाईटीकासम्म तीन दिन तिहार बिदा हुनेछ ।

यसैगरी दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस (वैशाख १८), संविधान दिवस (असोज ३), अन्तर्राष्ट्रिय महिला दिवस (फागुन २५) र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (मङ्सिर १७) अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा दिइने भएको छ । 

जन्मजयन्ती बिदामा बुद्ध जयन्ती (जेठ ४), सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती (कात्तिक २६), फाल्गुनन्द जयन्ती (कात्तिक २५) बिदा दिइने छ ।

सरकारले केही दिवसलाई राष्ट्रिय रुपमा मनाइए पनि कार्यालय भने खुल्ने जनाएको छ । गणतन्त्र दिवस (जेठ १५), निजमती दिवस (भदौ २२), राष्ट्रिय एकता दिवस (पुस २७), राष्ट्रिय शहीद दिवस (माघ १६), राष्ट्रिय शहीद दिवस (माघ १६), राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७), जातीय भेदभाव तथा छूवाछूत उत्नमूलन राष्ट्रिय दिवस (जेठ २१) लाई राष्ट्रिय दिवसका रुपमा मनाइए पनि कार्यालय भने खुल्ला रहनेछन् । 

यसैगरी विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित देशको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्नेछन् । 

अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर बिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदि जस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यलयहरुले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पुर्‍याइ सट्टा बिदा बस्न सक्नेछन् । 

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण