काठमाडौं, २६ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिके राउतसँग सरकारले गरेको सहमति आत्मसमर्पण नभएको दाबी गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै मन्त्री बादलले सरकारले सहमति गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा र राष्ट्रको स्वाधिनतालाई सुदृढ गरेको दावी गरेका हुन् ।