March 6, 2019

सभापति देउवा निरंकुश,अब सभापतीबाट आउट गर्ने : शेखर कोइराला

 

 

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप लगाएका छन् ।

प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवाले राजालाई लोकतन्त्र बुझाएका हुन् । उनले लोकतन्त्रको कुरा गर्ने ? मलाई लोकतन्त्र सिकाउने ? उनले लोकतन्त्र सिकाउन मिल्दैन् ।’

पार्टी सभापति देउवा निरंकुशतातर्फउन्मुख रहेको पनि कोइरालको आरोप छ । उनले भने,‘देउवा अहिले निरंकुशतातर्फ उन्मुख छन् । देउवाजीले महासमितिको स्पिरिटलाई सम्मान गर्नुभएन् । यो उहाँको महाभुल हो ।’त्यस्तै उनले धमलासँगको कुराकानीमा पार्टीको महाधिवेशन एक वर्षभित्र गराउनुपर्ने आफूहरुको अडान रहेको सुनाए ।

उनले वर्तमान सभापति देउवालाई अब सभापति बन्नबाट रोक्ने घोषणा गरे । उनले महाधिवेशनको मिति नै तोक्न लगाउनेगरि आफूहरु छलफलमा जुटेको पनि खुलासा गरे । कोइरालाले भने,‘आजपनि त्यही भएर हामी प्रकाशमानजीको घरमा छलफलमा जुटेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका