March 6, 2019

सभापति देउवा निरंकुश,अब सभापतीबाट आउट गर्ने : शेखर कोइराला

 

 

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप लगाएका छन् ।

प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवाले राजालाई लोकतन्त्र बुझाएका हुन् । उनले लोकतन्त्रको कुरा गर्ने ? मलाई लोकतन्त्र सिकाउने ? उनले लोकतन्त्र सिकाउन मिल्दैन् ।’

पार्टी सभापति देउवा निरंकुशतातर्फउन्मुख रहेको पनि कोइरालको आरोप छ । उनले भने,‘देउवा अहिले निरंकुशतातर्फ उन्मुख छन् । देउवाजीले महासमितिको स्पिरिटलाई सम्मान गर्नुभएन् । यो उहाँको महाभुल हो ।’त्यस्तै उनले धमलासँगको कुराकानीमा पार्टीको महाधिवेशन एक वर्षभित्र गराउनुपर्ने आफूहरुको अडान रहेको सुनाए ।

उनले वर्तमान सभापति देउवालाई अब सभापति बन्नबाट रोक्ने घोषणा गरे । उनले महाधिवेशनको मिति नै तोक्न लगाउनेगरि आफूहरु छलफलमा जुटेको पनि खुलासा गरे । कोइरालाले भने,‘आजपनि त्यही भएर हामी प्रकाशमानजीको घरमा छलफलमा जुटेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे