March 5, 2019

पोखरामा बन्द हुने भो प्याराग्लाइडिङ !

काठमाडौं, २१ फागुन । पोखरामा बुधबारदेखि प्याराग्लाइडिङ बन्द हुने भएको छ । व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर तिर्न अटेरी गरेपछि प्याराग्लाइडिङ बन्द हुने भएको हो

पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले कर तिर्नका लागि पत्र लेखे पनि व्यवशायीले अटेरी गरेपछि प्याराग्लाइडिङ उडान नै बन्द गर्न लागिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार वडा कार्यालयले अन्तिम पटक फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने बताएको थियो । तर सो निर्देशनलाई नमानेपछि महानगरले प्याराग्लाइडिङ नै बन्द गर्ने भएको हो ।

अहिले उडान गरिरहेका ४० कम्पनी मध्ये एउटा कम्पनीले मात्र कर तिरेको छ । नागरिक उड्ययन प्राधिकरण पोखरामा भने करिब ६० वटा कम्पनीहरुले उडान अनुमति लिएका छन् ।

प्रदेश सरकारले जारी गरेको नीतिअनुसार प्रत्येक कम्पनीले वार्षिक रुपमा पर्यटन करबापत एक लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त कर बापतको रकम वडा कार्यालय वा महानगर कार्यालय मध्य एक ठाउँमा बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता