March 1, 2019

सिंहदरबारभित्रै नेकपाका दुई कार्यालय, समानान्तर काम हुँदै

 

काठमाडौं, १७ फागुन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको नौ महिना बित्न लागेको छ । पार्टी एकीकरण भएको लामो समय हुँदा समेत दुबै पार्टीले आ–आफ्ना पुराना कार्यालय र संगठनहरूलाई यथावत राखेका छन् ।

एमाले र माओवादी केन्द्रका कार्यालयहरू अहिले पनि सक्रिय छन् । सिंहदरबारस्थित माओवादी केन्द्र र एमालेको संसदीय दलका कार्यालयहरू अस्तित्वमा छन् । एमाले पृष्ठभूमि भएका सांसदहरू आफ्नै संसदीय दलको कार्यालयमा बस्छन् । माओवादी केन्द्रका सांसदहरू आफ्नै कार्यालयमा भेटिन्छन् ।

पार्टी एकताको नौ महिनासम्म पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटै संसदीय दलको कार्यालय बन्न सकेको छैन ।

सिंहदरबारमा पूर्वएमाले र पूर्वमाओवादी समूहले बेग्लाबेग्लै संसदीय दलको कार्यालयबाट काम गर्दै आएका छन् ।

पूर्वमाओवादी समूह हाल प्रयोग गरिरहेको कार्यकक्ष सार्न अनिच्छुक देखिएको छ । उनीहरूले साँघुरो र बैठक बस्ने हलसमेत नभएको कारण देखाउँदै नयाँ कार्यकक्षमा जान आनाकानी गरेका छन् ।

राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराई तथा प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका लागि छुट्टाछुट्टै कार्यकक्ष तयार भइरहे पनि नयाँ कार्यालयमा सर्न उनीहरूले अनिच्छा देखाएका छन् ।

गुरुङ र शर्माले संघीय संसद्को भवन नम्बर २ को तेस्रो तलाको साबिककै कार्यकक्ष प्रयोग गरिरहेका छन् ।

पूर्वमाओवादी समूहका धेरैजसो सांसद साबिककै कार्यालयमा बस्न रुचाउँछन् । प्रतिनिधिसभामा ५३ र राष्ट्रिय सभामा १२ सहित सो समूहका ६५ सांसद छन् ।

प्रधानमन्त्रीसमेत रहेका दलका नेता केपी ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीले साबिक एमाले कार्यालयमा रहेको पुरानै कार्यकक्ष प्रयोग गर्दै आएका छन् ।

प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रिय सभामा २७ सहित साबिक एमालेका १ सय ४८ सांसद छन् । उनीहरू पनि धेरैजसो साबिककै कार्यालयमा बढी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका