March 1, 2019

सिंहदरबारभित्रै नेकपाका दुई कार्यालय, समानान्तर काम हुँदै

 

काठमाडौं, १७ फागुन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको नौ महिना बित्न लागेको छ । पार्टी एकीकरण भएको लामो समय हुँदा समेत दुबै पार्टीले आ–आफ्ना पुराना कार्यालय र संगठनहरूलाई यथावत राखेका छन् ।

एमाले र माओवादी केन्द्रका कार्यालयहरू अहिले पनि सक्रिय छन् । सिंहदरबारस्थित माओवादी केन्द्र र एमालेको संसदीय दलका कार्यालयहरू अस्तित्वमा छन् । एमाले पृष्ठभूमि भएका सांसदहरू आफ्नै संसदीय दलको कार्यालयमा बस्छन् । माओवादी केन्द्रका सांसदहरू आफ्नै कार्यालयमा भेटिन्छन् ।

पार्टी एकताको नौ महिनासम्म पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटै संसदीय दलको कार्यालय बन्न सकेको छैन ।

सिंहदरबारमा पूर्वएमाले र पूर्वमाओवादी समूहले बेग्लाबेग्लै संसदीय दलको कार्यालयबाट काम गर्दै आएका छन् ।

पूर्वमाओवादी समूह हाल प्रयोग गरिरहेको कार्यकक्ष सार्न अनिच्छुक देखिएको छ । उनीहरूले साँघुरो र बैठक बस्ने हलसमेत नभएको कारण देखाउँदै नयाँ कार्यकक्षमा जान आनाकानी गरेका छन् ।

राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराई तथा प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका लागि छुट्टाछुट्टै कार्यकक्ष तयार भइरहे पनि नयाँ कार्यालयमा सर्न उनीहरूले अनिच्छा देखाएका छन् ।

गुरुङ र शर्माले संघीय संसद्को भवन नम्बर २ को तेस्रो तलाको साबिककै कार्यकक्ष प्रयोग गरिरहेका छन् ।

पूर्वमाओवादी समूहका धेरैजसो सांसद साबिककै कार्यालयमा बस्न रुचाउँछन् । प्रतिनिधिसभामा ५३ र राष्ट्रिय सभामा १२ सहित सो समूहका ६५ सांसद छन् ।

प्रधानमन्त्रीसमेत रहेका दलका नेता केपी ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीले साबिक एमाले कार्यालयमा रहेको पुरानै कार्यकक्ष प्रयोग गर्दै आएका छन् ।

प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रिय सभामा २७ सहित साबिक एमालेका १ सय ४८ सांसद छन् । उनीहरू पनि धेरैजसो साबिककै कार्यालयमा बढी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे